
काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान २६ प्रतिशत पुर्याउने लक्ष्य तय भएकोे छ । नेपाल उद्योग परिसंघले ‘स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔं तथा नेपाली उद्योगका लागि व्यावसायिक वातावरण सुदृढ बनाऔ’ भन्ने नारा सहित सुरु भएको अभियानमा आरम्भ गर्ने एक समारोहमा सन् २०३० सम्ममा उद्योगको योगदान बढाउने बताइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘मेक इन नेपाल’ स्वदेशी अभियानको आरम्भ गरेका हुन् । उक्त समारोहमा सन् २०२५ सम्ममा मुलुकको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान २२ प्रतिशत पुर्याउने योजना उद्यमी व्यवसायीहरूले गरेका छन् ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले हरेक वर्ष एक हजार नयाँ उद्योग थप्ने र एक लाख लाख ५० हजारलाई औद्योगिक रोजगारी दिने लक्ष्य तय गरेको बताए । परिसंघले अबको ५ वर्षपछि नेपालको वार्षिक निर्यात ४.३ अर्ब अमेरिकी डलर पुर्याउने गरी योजना बनाएको पनि उनले बताए ।
यसको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक सहयोग र समन्वय गर्नुपर्ने उनले जानकारी दिए । ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ भन्ने नारासहित नेपाली उत्पादनमा स्वदेशीको लोगो राखिने, त्यसलाई नेपालमा र विदेशमा प्रवद्र्धन गर्छौ, उनले भने ।
प्रतिक्रिया दिनुहोस