
काठमाडौं । एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलार्इ सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरेको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सो पुरस्कार भर्चुअलरुपमा ग्रहण गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणमा काम गर्दै आएकीले उक्त अवार्डबाट सम्मानित गरिएको जनाइएको छ्र ।नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष सांसद चौधरी विगत दुई दशक यस क्षेत्रमा क्रियाशील थिएन ।
सांसद चौधरीले ग्रामीण महिला तथा विपन्न महिलालाई सीपमूलक तालीम उपलब्ध गराउनुुपर्नेमा जोड दिँदै त्यसले उनीहरुलाई आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताइन। उनले कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले अब दक्षिण एसियाकै महिलालाई एकीकृत गरी त्यस क्षेत्रका समग्र महिला उद्यमशील बनाउने विश्वास व्यक्त गरिन ।
नेपाल र भारतबीच पारस्परिक सम्बन्ध रहेकाले दुवै देशका महिला उद्यमीबीच आत्मनिर्भरता र आर्थिक सम्मुन्नतिका लागि यस्ता संस्थाले ठोस कदम चाल्नुपर्ने बताइन ।
प्रतिक्रिया दिनुहोस