aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गर्नेहरूको मुहार बिर्सन मिल्दैनः सूर्य थापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गर्नेहरूको मुहार बिर्सन मिल्दैनः सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको बताएका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो बताएका हुन् । 

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ। जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’ 

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस