aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर एमालेको राखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर एमालेको राखियो

काठमाडौं । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेकपा (एमाले)को बोर्ड राखिएको छ । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताइदिएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।

नेकपाका जिल्ला कार्यालयमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भएको हो। २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गठन भएको  थियो।

प्रतिक्रिया दिनुहोस