aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

निर्वाच आयोगले भन्यो- फेरि एकीकरण गर्ने भए १५ दिनभित्र आउनू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
निर्वाच आयोगले भन्यो- फेरि एकीकरण गर्ने भए १५ दिनभित्र आउनू

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न चाहे १५ दिनभित्र आयोगमा निवदेन दिनसक्ने भएका छन् । निर्वाचन आयोगले दुबै दललाई एकताका लागि १५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो । 

मंगलबार निर्वाचन आयोगले यी दुई पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको हो।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावदी २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने पनि बताएको छ ।

त्यस्तै केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी दिने पनि आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस