aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

काठमाण्डौ । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित यस नर्भिक अस्पतालमा भर्ना भएका ा नेपाली कांग्रेसका युवा नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । 

नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिवार बिहानदेखि एक्कासी समस्या आएको हो । शनिवार बिहानदेखि उनको श्वासप्रश्वास र मुटुको चालमा एक्कासी गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैंले ८–१० पटक सास फेरिरहनुभएको छ । ‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उनी अझै कोमामै हुनुहुन्छ ।’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।  

मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीहरुमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाई छ ।आज अर्थात फागुन २५, मंगलबार दिउँसो ३ बजेसम्मको उहाँको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको छ । 

यसअघि गत सोमबार बिहानबाट उहाँ आफैंले सास फेर्न थाल्नु भएपछि भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो । बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) समेत गरिएको थियो । ‘उनको स्वास्थ्य अवस्थामा तीव्र सुधार आउने हामीले अपेक्षा गरेका छौं ।’ डा. झाले भन । 
 

प्रतिक्रिया दिनुहोस