aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एफएनसीसीआईको राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र २०३०: १०० अर्ब डलरको अर्थतन्त्र बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
एफएनसीसीआईको राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र २०३०: १०० अर्ब डलरको अर्थतन्त्र बनाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलरको बनाउने तयारी गरेको छ । महासंघले आज नयाँ कार्यसमिति चयन भएकोे  १०० दिनको कार्यप्रगति प्रस्तुत गर्दै सो आकारको अर्थतन्त्र पुर्याउने लक्ष्य तय गरेको अध्यक्ष शेखर गोल्छाले बताए । 

‘तुलनात्मक लाभ भएको क्षेत्रलार्य विशेष प्राथमिकतामा राखेको बताउँदै उनले भने ‘अन्तर्राष्ट्रिय व्यापारको हिस्सा बढाउँदै आयात प्रतिस्थापन गर्न लागिएको हो ।’ मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरेर नीतिगत सुधार गर्न सकियो भने निजी क्षेत्रले लिएको लक्ष्य सहजै पुग्ने बताए । 

नेपालको पूर्वाधार कमजोर छ, यसका लागि नलेजेवल इकोनोमी आवश्यक हुने र त्यसले समृद्ध नेपाल निर्माण गर्न सघाउने पनि भिजन पेपरमा उल्लेख गरिएको छ । साढे २ वर्ष लगाएर तयार पारिएको उक्त भिजन पेपरमा ५० जना नव उद्यमीलाई पुाजी सहित उद्यम गर्न सघाउने, एशियाको मुख्य सेवा केन्द्र नेपाललाई बनाउनेतथा डाटा बेस र भिजन सहितको संस्था बनाउने तयारी गरिएको हो । 

उनका अनुसार उद्योग वाणिज्य महासंघले तयार पारेको भिजन पेपर अब १० दिनभित्र सार्वजनिक हुनेछ । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको उनको भनाइ छ । महासंघका अध्यक्ष शेखर गोल्छाले १ सय दिनको अवधिमा आफुहरूले गरेका काम कारवाही र कार्यक्रमहरुको बारेमा जानकारी दिए । ती कार्यक्रमहरु कार्यान्वयनका लागि गर्नु पर्ने आवश्य कार्यदल तथा समितिहरु पनि निर्माण गरिसकेको बताए ।

उनले ‘सम्मानित निजी क्षेत्र र सम्मुनत नेपाल’ भन्ने नारा लिएर देशमा व्यवसायिक वातावरण सिर्जना गर्नको लागि महासंघ प्रतिवद्ध भएको अध्यक्ष गोल्छाले बताए । महासंघले सय दिनभित्र नेपाल आर्थिक रुपान्तरण मार्गचित्र (भिजन पेपर), परिषद् समिति फोरमलाई क्रियाशिल बनाइने, सबैको भावना र मर्म समेटिने गरी विधान संशोधनको कार्यलाई अगाडि बढाइने, महासंघ पूर्वाधार एवं सचिवालय सुदृढिकरण र महासंघले प्रदेश संरचनाको प्रभावकारी संचालन गर्ने गरी वर्तमान नेतृत्वका ६ वटा प्राथमिकताका क्षेत्र तोकेको बताए ।

उनले २०३० को दशक भित्र विश्वमा विभिन्न देशलाई हेरेर आर्थिक विकासको आधार तयार गर्ने, कृषि क्षेत्र, उद्योग, उत्पादन सेवा क्षेत्रलाई आवश्यक र महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादमूखी परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना बनाएको बताए ।

यस्तै, महासंघको आर्थिक रुपान्तरण मार्गचित्रमा दश प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचान, महासंघको तेस्रो कार्यकारिणी समिति बैठक पारित लगायतका कामहरु गरेको उल्लेख गरे ।
 

प्रतिक्रिया दिनुहोस