
एजेन्सी । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टको इ-मेल सर्भर ५ ह्याकर ग्रुपले आक्रमण गरेका छन । यी समूहहरूमा चिनियाँ ह्याकर पनि सामेल भएको आशंका गरेको छ । अमेरिकी सरकारले यो ह्याकिंगलाई ’व्यापक घरेलु र अन्तर्राष्ट्रिय शोषण’ मा गरेको छ । जसले संसारभरि सयौं पीडितलाई असर गर्न सक्दछ।
माइक्रोसफ्टले चिनियाँ ह्याकरले एक्सचेञ्ज सर्भर सफ्टवेयरको सहयोगले लक्षित गरिरहेको छन । त्यस्तै, एमआईटी टेक्नोलोजीले समीक्षा रिपोटमा कम्तिमा चार फरक ह्याकिंग समूहहरूले माइक्रोसफ्टको ईमेल सफ्टवेयरमा हमला गरेको बताएका छन् । माइक्रोसफ्टका अनुसार साइबरस्पेस र इन्फ्रास्ट्रक्चर सुरक्षा एजेन्सी र अन्य सरकारी एजेन्सीहरू साइबर सुरक्षाका विषयमा काम गरिरहेको बताएका छन् ।
क्रेब्सओनसुरिटीका अनुसार अमेरिकामा कम्तिमा ३०,००० संगठनहरूमा चिनियाँ ह्याकरहरुले ह्याक गर्ने प्रयास गरिरहेको बताइएको छ । उनीहरूले माईक्रोसफ्टको नेटवर्कमा प्रवेश गर्न एक्सचेन्ज सर्भर सफ्टवेयर प्रयोग गरिरहेको समेत बताइएको छ ।
प्रतिक्रिया दिनुहोस