
काठमाडौं । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको संख्यामा बढेको छ ।
क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफै लागिपरेका छन् । गत कात्तिक र मङ्सिर एकै महीनाको अन्तरमा कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार एकै महीनामा १ लाख १ हजार ७ सय ५६ कारोबार थपिएर गत मङ्सिरमा कुल कारोबार संख्या ३ लाख ४३ हजार ५ सय ७४ पुगेको छ । सो संख्यामा रू। १ अर्ब २५ करोड ५५ लाख रूपैयाँ बराबरको भुक्तानी क्यूआर कोडमार्फत भएको छ ।
यसैगरी गत पुसमा मङ्सिर महीनाको तुलनामा २८ हजार ६ सय २ ओटा कारोबार थपिएर कुल कारोबार संख्या ३ लाख ७२ हजार १ सय ७६ पुगेको छ । यस अवधिमा क्यूआरबाट भुक्तानी गर्नेको संख्या बढे पनि कुल कारोबार रकममा भने न्यून संकुचन आएको छ । पुस महीनामा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको थियो ।
क्यूआर कोडबाट भुक्तानी बढ्दै गएपछि यसलाई थप व्यवस्थित र एकरूपता दिन राष्ट्र बैंकले क्यूआर कोडको मार्गदर्शन ९नेपाल क्यूआर स्ट्यान्डर्डजेशन फ्रेमवर्क एन्ड गाइड लाइन० जारी गरिसकेको छ ।
यस्तो मार्गदर्शनले क्यूआर कोड भुक्तानी थप प्रभावकारी बनाउने र कारोबारको संख्यासमेत बढ्ने अपेक्षा केन्द्रीय बैंकको छ ।
प्रतिक्रिया दिनुहोस