aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ फागुन २०७७
ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थताको अन्त्य र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने,“निर्वाचनका लागि तयार हुन  म आम मतदाता समक्ष आग्रह गर्दछु ।”  

प्रेस सेन्टर पर्साद्वारा  आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्ने बताए ।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे । उनले दलको नामबारे  अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए ।  

उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितीको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे । उनले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको  अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस