
एजेन्सी । भारतीय बीमाको नियामक नियका बीमा नियामक एवं विकास प्राधिकरण (इरडा)ले त्यहाको चोला एमएस जनरल बीमा कम्पनी लिमिटेडलाई एक करोड रुपैयाँ भारु जरिवाना लगाइएको छ । कम्पनीले मोटर बीमा सेवा (एमआईएसपी)सँग सम्बन्धीत नियम उलंघन गरेका कारणले उक्त जरिवाना तिर्न परेको हो ।
चोला एमएसलाई अक्टूबर २०२० मा पठाइएको मोटर बीमा सम्बन्धी भुक्तानीको नियम उलंघन गरेका कारणले कम्पनीले जारिवना तिर्न परेको हो । चोला एमएसले एमआईएसपी, सवारी डीलर र मनोनित व्यक्तिलाई भुक्तानी गरेको थियो । कम्पनीको विज्ञापन र प्रमोसनको रकम तिराएको नियमक निकायले पाएका कारणले जरिवना तिर्न परेको जनाइएको छ ।
यसको लागि नोभेम्बर २ २०१७ देखि डिसेम्बर ३१, २०१९ सम्म टिभीएस, एएम मोटर्स, इन्धु, ईआरएएम र निप्पनलाई भुक्तान गरेको थियो । जुन मोटर बीमा सेवा प्रदायक निर्देशहरूको उल्लंघनमा पर्छ ।
लगातार दुई बर्षभन्दा बढी समयदेखि नियमहरू उल्लंघन गरेको ठहर गरेको छ । आईआरडीएले बीमा ऐन, १९३८ अन्तर्गत एक करोड रूपैयाँ जरिवाना लगाएको छ ।
प्रतिक्रिया दिनुहोस