
काठमाडौं । जनता समाजवादी पार्टी (राजपा) का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा राखेको तीन बुँदे मागप्रति सकारात्मक रहेका छन । सत्ता साझेदारीका लागि राजपाले प्रधानमन्त्री समक्ष तीन बुँदे माग राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल भएको थियो । जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई छलफलका लागि बालुवाटार पुगेका थिए । राजपाले अहिले सत्तामा जान पूर्व तीन वटा माग कैलालीबाट निर्वाचित सासद रेशम चौधरी लगायतका कार्यकर्ताको रिहाइ, राजनीति मुद्दा मुद्दा फिर्ता र संविधान संशोधनलाई पहिलो सर्त बताएको छ ।
प्रतिक्रिया दिनुहोस