
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाह आक्रामक गतिमा विस्तार भएको छ । यसअघि लामो समयसम्म कोभिडको प्रभावले बैंकरहरूले अपेक्षाअनुसार कर्जा प्रवाह हुन सकेको थिएन । पछिल्ला २ सातामा भने निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि करीब दोब्बर भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
परिणामस्वरूप फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर बढ्दा कुल कर्जा प्रवाह रू। ३३ खर्ब ८८ अर्बको भएको छ । सो अवधिमा निक्षेप १४ अर्बले थपिदाँ कुल निक्षेप ३८ अर्ब २३ अर्ब संकलन भएको छ ।
कर्जा प्रवाह बढ्दा तरलतामा समेत दबाब पर्न थालेको छ, जसका कारण बैंकहरूबीच अन्तरबैंक ब्याजदर ह्वात्तै बढेको छ । फागुन २५ गते मात्रै छोटो अवधिका लागि एक बैंकले अर्को बैंकबाट लिएको सापटीको अन्तरबैंक ब्याजदर २ दशमलव ९९ प्रतिशतसम्म पुगेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए ।
जबकी १ साताअघि १ दशमलव शून्य ५ प्रतिशत यस्तो ब्याजदर थियो । ‘अहिले कर्जाको माग बढेको छ । बैंकहरूलाई प्रवाह गर्न आवश्यक छ तर तरलतामा दबाब नपार्न स्रोतको व्यवस्थापनमा बैंकहरूले ध्यान दिन जरुरी छ । अहिले कर्जा पूँजी निक्षेप अनुपात ९सीसीडी रेसियो० ८५ प्रतिशतसम्म भएकाले हाल बैंकहरूको यस्तो अनुपात औसत ७७ प्रतिशत पुगेको छ,’ भट्टले भने ।
बैंकरहरू भने अन्तरबैंक ब्याजदरको दबाबले निक्षेपको ब्याजदर बढ्न सक्ने सम्भावना देखिएको बताउँछन् । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अब अन्तरबैंक ब्याजदरले निक्षेपमा समेत प्रभाव पर्न थालेको बताए ।
प्रतिक्रिया दिनुहोस