काठमाडौं । ५ अर्ब मूल्य बराबरको युरेनियमसहित चार पक्राउ परेका छन् । नेपालमा पहिलो पटक साढे दुई किलोग्राम युरोनियम सहित ४ जना पक्राउ परेका हुन् । युरिनेयिम ठूलो परिणाममा प्रहरीले जफत गरेको यो पहिलो पटक हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आईजी हरिबहादुर पालका अनुसार २ सय ३८ क्यारेटको युरेनियम जफत गरिएको हो ।
यो काण्डमा ४ जना पक्राउ समेत गरिएको उनले बताए । पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको जनाएको प्रहरीको दावी छ । उनीहरुसँग भेटिएको पदार्थ राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा सक्कली पुष्टि भएको पालले बताए । प्रहरीले हिजो बिहिबार युरेनियमसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन् । नारायण सिंह, जानुका, प्रकाश रामेछापकै बागजोरका हुन् भने न्यौपाने सिन्धुली सुनकोशीका हुन् ।
प्रतिक्रिया दिनुहोस