
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै विभाजन हुने गरि निर्णय गरेका छन् । उनले महासचिव बाहेक सबै पदाधिकारीहरु खारेज गरेसंगै यस्तो सम्भावना प्रवल बनेको हो ।
समाचार श्रोतका अनुसार मओवादी केन्द्र छोडेर आफूलाई साथ दिएका गृहमन्त्री रामबहादुर थापा (बादल)लाइ भने उनले प्रदेश नं ३ को इन्चार्ज तोकेका छन् । ओलीको पछिल्लोबारे माधब नेपाल समूहका नेतााहरुले भने कुनै आधिकारिक प्रतिक्रिया दिइसकेका छैनन ।
आफूलाई साथ नदिने माधव नेपाल लगायत सबै नेताहरुलाई भुमिकाबिहिन बनाउने ओलीको निर्णयसंगै एमाले फुटको संघारमा पुगेको राजनितिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।
ओलीले मंसिर महिनामा एमालेको महाधिवेशन गर्ने भनेर मिति पनि तोकिसकेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस