aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फ्लाईटेक ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ बाट सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
फ्लाईटेक ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ बाट सम्मानित

काठमाडौं । यस बर्षको ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ नेपालमा अन्तराष्ट्रिय एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले प्राप्त गरेको छ। विश्वप्रशिद्ध शैक्षिक संस्थाहरुलाई गुणस्तरको आधारमा प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेकलाई प्रदान गरिएको हो।

 एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेख्य भूमिका निर्वाह गरे बापत फ्लाई टेकलाई ूआउटस्टान्डिङ ट्रेनिङ एकेडमिू को उपाधि प्रदान गरिएको हो । “वर्ल्ड एडुकेशन लिडर्स समिट २०२१” का अवसर मा आयोजित उक्त कार्यक्रममा १० वक्ता का साथै ५० देशका कारीब २५० भन्दा बढी शिक्षण विज्ञहरुले भाग लिएका थिए ।

न्यू प्लाजा, पुतलीसडक तथा के। एल। टावर, चाबहिलमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था फ्लाईटेक इन्टरनेसनल डेढ दशक देखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो । यसले हजारौ विधार्थीहरुलाई विश्वका ७० भन्दा बढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको छ ।

यसअघि ‘वर्ल्ड बुक अफ रेकर्ड, लन्डन, यु.के.’ तथा ‘बिआईडी वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड, पेरिस , फ्रान्स’ बाट सम्मानित यस संस्थाले थुप्रै अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भैसकेको छ । एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले ूक्रु लर्निङ  सेन्टरू नामबाट मलेशियामा आफ्नो पहिलो शाखाको शुरुवात पनि गरेको छ । 

्र यस संस्थाले अन्य देशमा पनि शाखा बिस्तार गर्ने योजना बनाउनुका साथै चाडै नै नेपालका सातै प्रदेशमा आफ्नो शाखा बिस्तार गर्ने तयारीमा रहेको प्रमुख नाजिर हुसेनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस