aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

ग्रेटवालकै  झल्को  दिने  गरी  बन्दीपुरमा निर्माण गरिने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २९ फागुन २०७७
ग्रेटवालकै  झल्को  दिने  गरी  बन्दीपुरमा निर्माण गरिने

काठमाडौं । विश्वकै  प्रसिद्ध  चीनको  ग्रेटवालकै  झल्को  दिने  गरी  बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालका लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । 

ग्रेटवालका लागि संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन  मन्त्रालयले  चार  करोड  ५५ लाख बजेट निकासा गरेको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले  काम  अगाडि  बढाउन  समस्या  परिरहेको  अवस्थामा  सङ्घीय  सरकारबाट  प्राथमिकतामा पारेर बजेट निकासी भएपछि बन्दीपुरबासीमा खुसी छाएको छ ।

मन्त्रालयले  बजेटको  व्यवस्था  गरी  ग्रेटवाल  निर्माणका  लागि  साझेदारी  गर्ने  भएपछि  बन्दीपुरका  पर्यटन  व्यवसायीहरू  उत्साहित  भएका  छन्  ।  

पर्यटन  पूर्वाधार  तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने  उद्देश्यले  साझेदारी  ९सञ्चालन  तथा  व्यवस्थापन० निर्देशिका अनुसार ग्रेटवालका लागि चार करोड ५५ लाख रुपियाँ विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस