aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ओली गुटले बढुवा गरेका माओवादी मन्त्रीलाई पार्टीले फिर्ता बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ फागुन २०७७
ओली गुटले बढुवा गरेका माओवादी मन्त्रीलाई पार्टीले फिर्ता बोलायो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक दिन अघि मात्र आफ्नो पार्टीमा स्वागत गरेका नेकपा माओवादी केन्द्रका नेताहरुलाई माओबादी केन्द्रले मन्त्रीपरिषदबाट फिर्ता बोलाएको छ ।

माओबादी केन्द्रबाठ मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा (बादल),ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । 

शनिबार पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमालेको  ओली गुटलेले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेको थियो । 

बैठकले आगामी चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस