
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विवाद अब समानान्तर कमिटि बनेर देखिने भएको छ । एमाले ओली गुटका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा आफू रहेको पद अध्यक्ष र महासचिवको पद यथावत राखेर अन्य पद सबै खारेज गर्दै मावध नेपाल पक्षालाई पार्टीबाट विहिस्कार गरेको थियो । सो विहिस्कारको प्रतिकार गर्न शनिबा।र माधव नेपाल पक्षले समानान्तर कमिटी विस्तार गरेको छ ।
प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।
एमालेलबाट प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले शुक्रवार बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसी विभागीय प्रमुख तथा प्रदेश इन्चार्ज रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेका थिए। माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनित पनि गरेको ओलीले जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस