
एजेन्सी । मार्च ४ तारिक यता लगाताररुपमा गइरहेका भुकम्पको धक्काले आइसल्याण्डका बासिन्दाहरुको सात्तो टिपेको छ । हुन पनि एक हप्ताको बिचमा ३४ हजार भन्दा बढी भुकम्पको धक्का सिस्मोग्राफले रेकर्ड गरेपछि भू–गर्भविद्हरु समेत अचम्म मानिरहेका छन् ।
अन्तराष्ट्रिय सञ्चार संस्था फाइनान्सियल टाइम्सका अनुसार त्यहाँका बासिन्दाहरुलाई उच्च सतर्कता अवस्थामा रहन भनिएको छ । आइसल्याण्डमा ठुलो ज्वालामुखि विष्फोटन हुनसक्ने भन्दै अन्तराष्ट्रियरुपमा नै समेत चिन्ता व्यक्त भइरहेको छ ।
सन् २०१० मा त्यहाँ भएको ज्वालामुखि विष्फोटनका कारण आकासमा बाक्लो तुवालो लाग्नेगरि खरानी र धुलाका कणहरु फैलदाँ अन्तराष्ट्रिय उडानहरु समेत प्रभावित भएका थिए ।
कतै, त्यस्तै इतिहास त दोहोरिने होइन भन्ने चिन्ताले वित्तिय क्षेत्रका विश्लेषकहरु समेत पिरोलीरहेका छन् । कोरोनाले थिलथिलो पारेको वैश्यिक अर्थतन्त्रमा यो अर्को प्राकृतिक जोखिम थपिदा अर्थतन्त्र उठ्नै नसक्नेगरि थला पर्ने हो की भन्ने चिन्ता बढेको हो ।
प्रतिक्रिया दिनुहोस