
काठमाडौं । पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज छलफल भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको हाो ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा ओलीसहित उहाँको तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी रहेका थिए भने अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी रहनु भएको थियो । ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभएपछि पार्टी कार्यालयमा छलफल भएको हो ।
बैठकमा अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षकाबाहेक सबैको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रका नेताहरुलाई जिम्मेवारी दिन गरेको निर्णय फिर्ता लिन अस्वीकार गरेको जनाइएको छ । ओली आफ्नो अडानमा कायमै रहेपछि छलफलमा कुनै सहमति हुन नसकेको हो ।
प्रतिक्रिया दिनुहोस