aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

वीरगन्ज महानगरपालिको ४ अर्ब ४८ करोडको बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
वीरगन्ज महानगरपालिको ४ अर्ब ४८ करोडको बजेट

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष बर्ष २०७६/०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट  प्रस्तुत गरेको छ । नगरसभामा महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आगामी आर्थिक बर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गरेका थिए । 

 प्रस्तुत बजेटमा चालू तर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगत तर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार, र वित्तीय व्यवस्था तर्फ ६ करोड रकम खर्च हुने अनुमान गरिएको छ । 

यसैगरि आगामी आर्थिक वर्षमा कूल खर्च मध्ये सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा  २ अर्व ९४ करोड २८ लाख ५८ हजार ६ सय ७९ रुपैंया खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ । यस्तै आर्थिक विकास क्षेत्रमा  २ करोड ३४ लाख ७० हजार, सामाजिक विकास क्षेत्रमा  ७१ करोड ८२ लाख ७२ हजार र कार्यालय संचलन तर्फ  ७६ करोड ३४ लाख ६८ हजार ८ सय खर्च हुने अनुमान गरिएको  छ । 

 महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजना  तथा मझौला सहर एकीकृत सहरी वातवरणीय सुधार आयोजनाका  लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार ९ सय ९३, वडा स्तरीय योजनाका लागि  १९ करोड ७० लाख रुपैयाँ विनियोजना गरिएको छ । 

  समपुरक कोषमा  २३ करोड १२ लाख ८ हजार ८ सय ५६, लक्षित कार्यक्रमका लागि १ करोड ५० लाख, तराई मधेश समृद्धि कार्यक्रममा  १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा  १ करोड ५० लाख, बहुक्षेत्रिय पोषण कार्यक्रममा २० लाख रुपैयाँ रहेको छ । 

सामाजिका सुरक्षा भत्तामा २० करोड, उज्यालो वीरगंज कार्यक्रमका लागि  ३ करोड ,  शैक्षिक विकास तर्फ ५२ करोड ४१ लाख ६४ हजार र  स्वास्थ्य तर्फ  १० करोड ७५ लाख २७ हजार र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ४ करोडको बजेट व्यवस्था मिलाइएको नगर प्रमुख सरावगीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । 

महानगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अनुमानित खर्चको श्रोत मध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट  ४४ करोड १४ लाख, राजश्व वाँडफाँडबाट २६ करोड ७४ लाख र सशर्त अनुदानबाट  ६१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

 त्यसै गरि प्रदेश सरकारबाट वित्तीय समानिकरणमा। १ करोड १५ लाख ७३ हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजश्व बाँडफाँड तर्फ सवारी साधनबाट  ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेशन तर्फबाट  ६ करोड, सरसफाई सेवा शुल्कबाट  १ करोड ५५ लाख १८ हजार, नगर विकास अनुदानबाट  २ अर्व २० करोड ६५ लाख १० हजार १ सय ६०, नगर विकास ऋणबाट  ७ करोड ७७ लाख ११ हजार ८ सय ३३, सडक बोर्डबाट  १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । 

 उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै , प्रदेश सभा प्रतिनिधी ओमप्रकास शर्मा, करिमा बेगम, भिमा यादव लगायतका वक्ताहरुले महानगरपालिकाले प्रस्तुत गरेको बजेट धेरै राम्रो भएको बताउदै यसको कार्यान्वयनमा जोड दिनु मुख्य आवश्यकता भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस