aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

जुरिच । स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको जनाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ ।

रोचले सार्वजनिक गरेको विज्ञप्तिअनुसार जेनमार्कको प्रतिशेयर २४।०५ डलर मूल्य तोकिएको छ । रोचले जेनमार्क डाइग्नोस्टिकको खरिदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ । नियामक निकायबाट स्वीकृत भएमा खरिद प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ । एएफपी

प्रतिक्रिया दिनुहोस