aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
काल बन्दै दाइजो, मधेशी समूदायमा दाइजो बन्यो बिकराल समस्या

काल बन्दै दाइजो, मधेशी समूदायमा दाइजो बन्यो बिकराल समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
काल बन्दै दाइजो, मधेशी समूदायमा दाइजो बन्यो बिकराल समस्या

वीरगन्ज । तराई–मधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ।

यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताकी २८ वर्षीया अन्जुदेवी तात्वाँ। शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेका बेला प्रहरीले नियन्त्रणमा लियो। सो घटनासँगै तराई–मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ।

प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए। ‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टिका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकाका पति पन्नालालसहित सबै मलामी भागे।’

पन्नालाल र आफन्तले सुरुमा अन्जुदेवीको शव भारतमा लगेर दाहसंस्कार गर्न खोजे पनि एम्बुलेन्स चालकले नमानेपछि सिर्सिया नदीको घाटमा पु(याएका थिए। नियन्त्रणमा लिइएको शव नारायणी अस्पतालमा पठाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने ढकालले बताए।

पन्नालालले बिहीबार राति निर्घात कुटपिट गरेकै कारण अन्जुदेवीको मृत्यु भएको छिमेकीको आरोप छ। ‘माइती पक्षको भनाइमा अन्जुमाथि बारम्बार कुटपिट हुँदै आएको थियो,’ ढकालले भने, ‘अनुसन्धानपछि मात्र खास कुरा भन्न सकिन्छ।’ आठ वर्षअघि अन्जुको बिहे पन्नालालसँग भएको थियो। उनीहरूका दुई छोरी र दुई छोरा छन्।

ससुरालमा महिला मारिएको यो प्रतिनिधि घटना मात्र हो। गत चैत ६ गते साँझ वीरगन्ज–२० हरपतगन्जमा नारायणी अस्पतालमा कार्यरत डा। सचितानन्द यादवले जेठी पत्नी सुनिता यादवलाई निर्घात कुटपिट गरेपछि अचेत अवस्थामा उनलाई गण्डकी अस्पतालमा पु(याइयो। थप उपचारका लागि काठमाडौं लगियो।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भयो। विवाहको दुई वर्षपछि थप दाइजो ल्याउन दबाब दिँदै सुनितामाथि अमानवीय व्यवहार हुँदै आएको माइती पक्षको दाबी छ। डा। यादव प्रहरी हिरासतमा छन् भने अन्य आरोपित ससुरा नागेन्द्र यादव, सासू आशादेवी र देवर अचितानन्द फरार छन्। नागरिक दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस