aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा दानवीरको संख्या २३ प्रतिशतले बढे, ६४००० करोड दान गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
भारतमा दानवीरको संख्या २३ प्रतिशतले बढे, ६४००० करोड दान गरे

एजेन्सी । भारतमा २०१९-२०मा निजी क्षेत्रका परोपकारी दानवीर उद्योगीहरु २३ प्रतिशतले बढेका छन् । यस वर्ष भारतका निजी क्षेत्रका उद्योगीहरुले ६४००० करोड रुपैयाँ भारु दान गरेका छन् भने गत वर्षको भन्दा दान गरिएको रकममा तीन गुणा वृद्धि भएको छ ।

ब्रेन एण्ड कम्पनी र दर्सा तयारी इण्डिया फेमिली रिपोर्टका अनुसार २०२१को तथ्यांक अनुसार निजी क्षेत्रले गर्ने दानको एक चौथाइ विदेशी दाता र २८ प्रतिशत स्वदेशी कम्पनीहरुको रहेको छ । 

भारतका परोपकारी विप्रो कम्पनीका संस्थापक अध्यक्ष अजिम प्रेमजीले ७हजार ९०४ करोड भारु दान गरेका छन । त्यस्तै, एचसीएलका अध्यक्ष शिव नादर दोस्रो नम्बरमा र विश्वका धनी व्यक्तिका सूचीमा रहेका मुकेश अम्बानी तेस्रो नम्बरमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस