
एजेन्सी । भारतका ८ वटा सरकारी बैंकले अप्रिलदेखि नियम परिवर्तन गर्दैछन् । यी बैंकमा खाता हुनेहरुले आफूसँग भएका चेक बुक, पासबुक र क्रेडिट कार्ड छ भने तपाईं तुरुन्तै बैंकमा सम्पर्क गर्नुहोला ।
भारतको देना बैंक, विजया बैंक, ओरेन्टल बैंक अफ कमर्श, युनाइटेड बैंक अफ इण्डिया, सिन्डिकेट बैंक, आन्द्रा बैंक, कर्पोरेट बैंक र इलाहाबाद बैंकमा १ अप्रिलदेखि ग्राहकसँग सम्बन्धीत नियमहरु परिवर्तन गर्ने जनाएका छन् ।
बास्तावमा यी आठ ओटा बैंकको अस्तित्व नै समाप्त भइसकेको छ । यी बैकहरु अन्य सरकारी बैंकमा मर्ज भइसकेका छन् । देना बैंक र विजया बैंक बैंक अफ बडौदामा मर्ज भएको छ । त्यस्तै, ओरेन्टल बैंक अफ कमर्श र युनाइटेड बैंक अफ इण्डिया पञ्जाव नेशनल बैंकमा मर्ज भएका छन् ।
केनरा बैंकमा सिन्डिकेट बैंक विलय भएको छ । त्यस्तै, आन्द्रा बैंक र कार्पोरेट बैंक युनियन बैंक अफ इण्डियामा मर्ज भएका छन् । सरकारी इलाहाबाद बैंक बैंक अफ इण्डियामा मर्ज भएको छ । सिन्डिकेट बैंक बाहेका सबै बैंकका पुराना चेक तथा अन्य कागजात ३१ मार्चदेखि नचल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस