
काठमाडौं । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज पनि शोक प्रस्ताव पारित गर्दै सकिएको छ । मंगलबारको बैठकले पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी मंगलबारको बैठक सकिएको हो । पुनर्स्थापित संसद सत्तारुढ दलको आन्तरिक कलहको सिकार बनेको छ। दुईवटा बैठक बसे पनि कुनै एजेन्डा प्रवेश गर्न पाएको छैन। मंगलबार बस्ने बैठकमा पनि कुनै बिजनेस छैन र शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस