
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।
नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ ।
मंगलबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको प्रहरीले जनाएको छ । आजको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस