
काठमाडौं । चालु खाता १०१ अर्ब ९० करोड रुपैयाँले घाटा रहेको छ। चालू आर्थिक वर्षको सात महिनामा आयातले घाटाको तथ्यांक ठूलो बताएको राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको जनाएको छ ।
माघसम्म आयात ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको भएको छ। व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ छ। यद्यपी यो अघिल्लो वर्षको भन्दा ०.७ प्रतिशतले कम हो।
पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।
शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको राष्ट बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति .२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस