aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

यति धेरै मानिस हराउनुको कारण के होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
यति धेरै मानिस हराउनुको कारण के होला ?


काठमाडौं । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ ।

खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांक भने दिएको छैन । डीएसपी बोगटीका अनुसार बढी हराउनेमा १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका किशोरी र महिला छन् । ‘केही परिवारसँग पूरै सम्पर्कविहीन भएरै हराएका देखिन्छन्’, उनले भने, ‘तर अधिकांश परिवारले शंका गरेकै व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् ।’

घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केही ‘डिप्रेसन’ का रोगी पनि परिवारलाई थाहै नदिई भागेका घटना छन् ।

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबिबिएस) चौथो वर्षमा पढिरहेका शिशिर खनाल गत जेठ २५ गते मृत भेटिए । उनी जेठ १७ गतेबाट हराएका थिए । प्रहरीका अनुसार खनालले डिप्रेसनको औषधि खाँदै आएका थिए । अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस