
एजेन्सी । केही महिना यता चीनले आफ्नो सर्वाधिक मुनाफा कमाइरहेको अनलाइन सपिङ पोर्टल अलिबाबा माथि नियन्त्रण शुरु गरेको छ । यस क्रममा राष्ट्रपति सी जिन पिङले आफ्नो एप स्टोरबाट अलिबाबालाई झिक्नेसम्मको कदम चाल्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रण भन्दा बाहिर गएर अलिबाबाले कारोबार गरिरहेको र त्यसका कारण गम्भीर खतरा सिर्जना भएको भन्दै यस्तो निर्देशन दिइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले चिनियाँ एप स्टोरबाट अलिबाबाका लोकप्रिय वेब ब्राउजरहरू निकालिएको समाचार प्रकाशित गरिरहेका छन् ।
यसरी आफ्नो एप स्टोरबाट एपहरूलाई हटाउने कारबाही चीनमा लगातार रूपमा हुँदै आएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीसँग कुनै सामान्य मतभेद हुने बित्तिकै गरिने यस खालका कारबाही चिनियाँ व्यापारीहरूका लागि सामान्य र अपेक्षित मानिन्छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीले अलिबाबाका न्युज मिडियाहरूबाट आफ्नो प्रपोगाण्डा मेसिनको उद्देश्यमासमेत अघात पुर्याएको आरोप लगाइरहेका छन् । अलिबाबाको वित्तीय प्रविधिसँग सम्बन्धित कम्पनी एन्ट ग्रुपले ३७ बिलियन डलरको पब्लिक शेयर निष्कासन गरेपछि त्यसका मालिक ज्याक्मा सार्वजनिकरुपमा कमै मात्र देखा परेका छन् ।
उता, चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले गरेको निर्णयमा स्पष्टरुपमा लेखिएको छ– केही प्लेटफर्म कम्पनीहरु अत्यन्तै गलत ढङ्गले बढी रहेका छन् । र, तिनीहरूबाट गम्भीर चुनौतीहरू सिर्जना भएका छन् । यो समस्यालाई समाधान गर्नु र चीनका ठुला इन्टरनेट कम्पनीहरूलाई नियमन गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस