aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

कोसी कोरिडोर समयमै सक्न ‘वन प्रक्रिया’कै अवरोध

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, ०५ चैत्र २०७७
कोसी कोरिडोर समयमै सक्न ‘वन प्रक्रिया’कै अवरोध

काठमाडौं । चालू वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको २२० केभीको कोसी कोरिडोरको प्रसारण लाइन वनको प्रक्रियाको कारण चालू वर्षमै सम्पन्न हुन कठिन देखिएको छ ।

चालू वर्षभित्र अर्थात ३० जुन २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको २२० केभी डर्बल सर्किटको सो प्रसारण लाइनमा वनकै कारणले समस्या देखिएको हो । इनरुवा–वसन्तपुर–बानेश्वर हुँदै तुम्लिङटारसम्मको १० सय ६ किलोमिटरमा निर्माण हुने ३२६ टावरमध्ये ३ सय २२ टावरको फाउण्डेसन (जग) सम्पन्न भइसकेको छ भने ३१९ को टावर इरिगेसन ९निर्माण० भइसकेको छ तर वनकै कारणले बाँकीको काम अघि बढ्न सकेको छैन ।

संखुवासभाको धर्मदेवी नगरपालिकास्थित टुटेदेउरालीको कालिका सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा प्रसारण लाइन जाने बाटो परिवर्तन गर्नुपर्ने अवस्थाले थपिएको ६ टावर तथा २३ वटा रुख साइजका बिरुवा सहितको केही लाथ्राहरु हटाउनुपर्ने कारण अहिले प्रसारण लाइन समस्यामा छ । 

‘मन्त्रिपरिषद्बाट पूर्वस्वीकृतभन्दा ६ वटा टावर र ९ सय प्रसारण लाइन सोही वनमा थप भएको छ, वन क्षेत्रमा २।७५ हेक्टर जग्गा भोगाधिकार गर्नुपर्ने अवस्था बन्यो, प्रारम्भिक वातावरण मूल्यांकन (आईईई) प्रतिवेदनभन्दा थप असर पर्ने स्थिति थिएन तर पहिला पूरक आईईई गर्नुपर्दैन भनेर प्रक्रिया सुरु गरेर सचिवमा आएपछि फेरि गर्नुपर्ने अवस्था आयो ।’ आयोजना सम्बद्ध स्रोतले भन्यो, “एक वर्ष विभिन्न प्रक्रिया पार गरेर आएपछि फेरि अहिले पूरक आईईईको प्रक्रियामा छ, पहिला थप भएमा मात्र पूरक वातावरण अध्ययन गर्नुपथ्र्यो तर नयाँ वन नियमावलीले थप र घट दुवै व्यवस्था गरेपछि यस्तो अवस्था आयो, अब समयमै सम्पन्न गर्न सकिँदैन ।”

प्राधिकरण बृहत् २२० केभी प्रसारण लाइन आयोजनाको प्रमुख राजन ढकालका अनुसार, प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण हुने तुम्लिङटार सबस्टेसन र बानेश्वर सबस्टेसन अन्तिम चरणमा छन् भने बसन्तपुर र इनरुवाको काम पनि अघि बढेको छ । 

प्रतिक्रिया दिनुहोस