aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ईरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, लगायो यस्तो आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
ईरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, लगायो यस्तो आरोप

एजेन्सी । अमेरिकाले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ प्रतिबन्धमा ईरानका प्रमुख नेता अली खमेनेई परेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी ड्रोनमाथि भएको हमला तथा अन्य कारणले प्रतिबन्ध लगाईएको बताएका छन् ।

नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि ट्रम्पले ह्वाइटहाउसमा भने, ‘इरानका सर्वोच्च नेता नै उनको सरकारबाट भएका सबै कामको जिम्मेवार छन् । उनलाई उनको देशमा धेरै सम्मान दिइन्छ । उनी अन्तर्गत सबैभन्दा खतरनाक चिजहरु हुन्छन्, जसमा इस्लामिक रिभोलुस्नरी गार्डस्का सेना पनि छ ।'

यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उनीसँग सम्बन्धित व्यक्तिहरु सबै प्रकारको वित्तीय सहयोगबाट बन्चित हुनेछन् । यता इरानले भने अमेरिकाले लगाएको प्रतिबन्धलाई युद्धलाई निम्तो दिने अर्को एक कदम भनेर टिप्पणी गरेको छ । इरानका विदेशमन्त्री जावेद जरीफले ट्वीट गरेर प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति भनेका छन् । उनले लेखेका छन्, 'ट्रम्प प्रशासन युद्धको प्यासी छ ।'

प्रतिक्रिया दिनुहोस