
ललितपुर जिल्लाको जावलाखेलस्थित प्रेरा कम्प्लेक्सको भुई तलामा शंकास्पद वस्तु भेटिएको छ ।
प्रेरा कम्प्लेक्सको भुई तलाको उत्तर तर्फ रहेको आयुषा फाष्टफुड रेष्टुरेण्ट एण्ड बारको पेटीमा शंकास्पद झोला फेला परेको सुचनाको आधारमा तत्काल प्रहरी घटनास्थलमा खटिएको थियो ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको निगरानीमा नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त शंकास्पद झोला जावलाखेल फुटवल ग्राउण्डमा लगी विहान ६ः३५ वजेको समयमा डिष्पोज गर्दा उक्त झोलामा नव प्रभात माध्यामिक विद्यालय, ललितपुरमा कक्षा ९ मा अध्ययनरत छात्र निशान काफ्लेको किताव, कापीहरु रहेको पाईएको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले छात्र काफ्लेले सोमबार वेलुका आफ्नो ठेलागाडामा सामान वेच्ने आमासँग बस्दा उक्त स्कुल व्याग सोही स्थानमा बिर्सिएको खुल्न आएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस