aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

मेलम्ची खानेपानी आयोजनाः दुई महिनाभित्र हेडबक्स

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०६ चैत्र २०७७
मेलम्ची खानेपानी आयोजनाः दुई महिनाभित्र हेडबक्स

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको  पानी  सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि हेडबक्स’को निर्माण गरिँदैछ । 

अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार हुनेछ । हेडबक्स तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ । आयोजनाका  प्रवक्ता  राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे  पनि कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले छ महिना थप गरिएको जानकारी दिए । 

उनले भने, “अहिले हेडबक्स’ को भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण,  स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै हेडबक्स’ को सम्पूर्ण काम सम्पन्न हुनेछ ।” हेडबक्समा सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडानको कामसमेत भइरहेको छ । 

सुरुङको परीक्षण सम्पन्न भएसँगै ुहेडबक्स’ को समेत काम सम्पन्न हुने र स्थायी  रूपमा मेलम्चीको पानी ुहेडबक्स’ भएर सुरुङमा पथान्तरण गरिने प्रवक्ता पन्तले बताए । 

प्रतिक्रिया दिनुहोस