aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

अब मोबाइल ब्यालेन्सबाटै भुक्तानी

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, ०६ चैत्र २०७७
अब मोबाइल ब्यालेन्सबाटै भुक्तानी

काठामाडौं । मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले अनुमति पाएको छ । यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले मंगलबार अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । 

अनुमतिपत्र पाएको एक महिनाभित्र सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । मोबाइल मनीका लागि पूर्वाधार तयार भए पनि सञ्चालन रणनीति बनाउन बाँकी रहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस