
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकन विश्वासका पात्र महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । समाचार स्रोतका अनुसार खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको छ । खरेलले केहि समयपछि पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।
पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस