aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

११ वर्षीय एक बालकले गरे आत्महत्या : यस्तो छ सुसाईड नोटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
११ वर्षीय एक बालकले गरे आत्महत्या : यस्तो छ सुसाईड नोटमा

ललितपुर । ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिदेवी माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालय बाट माया नपाएको भन्दै आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुका अनुसार बालक समिरले आमा घरमा नभएको बेला एक सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरे । डीएसपी खिउजुले बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटक अस्पताल पठाइएको जानकारी दिए ।

बालकले लेखेको सुसाइड नोट

‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु ।
सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’

प्रतिक्रिया दिनुहोस