aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

एजेन्सी । जापानमा ६.९ म्याग्‍निच्यूडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिएको छ । जापानको उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सुनामीको चेतावनी सहित सचेत रहन आग्रह गरेको छ । शुरूमा ७.२ म्याग्‍निच्यूडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्‍निच्यूडको पुष्टि भएको विदेशी सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकी भूगर्भ विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्‍निच्यूडको रहेको बताएका थिए । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् । 

स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ । 

प्रतिक्रिया दिनुहोस