aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एक महिनामा तीन पटक हवाई भाडा वृद्धि

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, ०८ चैत्र २०७७
एक महिनामा तीन पटक हवाई भाडा वृद्धि

काठमाडौं । आन्तरिक उडानमा रहेका सातवटा नेपाली वायुसेवा कम्पनीले हवाई इन्धनको मूल्य बढेको कारण देखाउँदै एक महिनामा तीन पटक भाडा बढाएका छन् ।

हेलिकप्टर र वायुसेवा कम्पनी गरी १८ वटा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडाअन्तर्गत फ्युल चार्जमा ९० रुपैयाँसम्म वृद्धि गरेको छ । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेकाले सोही अनुपातमा स्वचालित प्रणालीअनुसार हवाई भाडा वृद्धि गर्नुपरेको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले यसअघि फागुन २१ मा हवाई भाडाअन्तर्गत फ्युल चार्जमा २ सय २० रुपैयाँसम्म बढाएको थियो । त्यसअघि फागुन ८ मा पनि संघले आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेको कारण देखाउँदै अधिकतम ९० रुपैयाँसम्म हवाई भाडा बढाएको थियो । आयल निगमले प्रतिलिटर हवाई इन्धनमा २ रुपैयाँ बढाएकाले हवाई भाडामा फ्युल चार्ज वृद्धि गर्नुपरेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस