aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

फेरि वाइसिएल ब्यूँतिदैँ, सदस्यता नवीकरण खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
फेरि वाइसिएल ब्यूँतिदैँ, सदस्यता नवीकरण खुला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार सङ्गठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौँमा आयोजना गरिनेछ । इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी जेठको २० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष सापकोटाको भनाइ छ । 

वाइसिएलले मातृ पार्टी माओवादी केन्द्र र एमालेबीच एकता सम्पन्न भई बनेको नेकपाको एकता भङ्ग गराएको भन्दै एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए । वाइसिएलले सङ्गठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको सङ्ख्या १६१ सदस्य हुने तय गरेको  महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस