aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

करिब १९ लाखसहित ५ जना जुवाडे प्रहरीको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
करिब १९ लाखसहित ५ जना जुवाडे प्रहरीको फन्दामा

काठमाडौं। बालाजु प्रहरीले सोमबार राती करिब १९ लाखसहित ५ जनालाई पक्राउ गरेको छ । कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका राज तामाङ, उदयपुर गाइघाटका विमल कार्की, उदयपुर गाइघाटका दिपक राई, नुवाकोट तारकेश्वरका अशोक तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् । 

मुड्खुबाट १८ लाख ८७ हजार र दुई थान कौडासहित ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी बाल नरसिंह राणाले पुष्टि गरे । 

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डीएसपी राणाले रातोपाटीलाई जानकारी दिए । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस