aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

डलर प्रिपेड कार्ड जारी गर्न बाटो खुला

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ०९ चैत्र २०७७
डलर प्रिपेड कार्ड जारी गर्न बाटो खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा ५ सय अमेरिकी डलर वा उक्त बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न बाटो खुलाएको हो ।

यस्तो कार्डको सुविधा ग्राहकहरूले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत प्राप्त गर्न सक्नेछन् । यो सूचनाले बैंकहरूलाई यस्तो कार्ड जारी गर्न बाटो खुला भएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत नेपालबाट अनौपचारिक रूपमा भुक्तानी भइरहेकाले यसलाई औपचारिक प्रणालीमा ल्याउन यस्तो सुविधा दिएको हो । यसबारे चालू आवको मौद्रिक नीतिले समेत जोड दिएको थियो ।

अनलाइनका माध्यमबाट विदेशको विभिन्न तालीम लिनेलगायतको सानातिना कामका लागि विदेशी मुद्रा तिर्न समस्या भएकाले अनौपचारिक रूपमा यस्तो भुक्तानी हुने गरेको छ । यसलाई सहज बनाउन खोजेको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागको बताएको छ ।

प्रतिक्रिया दिनुहोस