aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

अफ्नो सम्पत्ति कति छ थाहै छैन महानगरलाई, लेखा–जोखा गर्ने गफमै सिमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
अफ्नो सम्पत्ति कति छ थाहै छैन महानगरलाई, लेखा–जोखा गर्ने गफमै सिमित

काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक सम्पत्तिको यतिनै भनेर कुनै लेखाजोखा छैन । महानगरपालिका भित्र रहेको कयौ सार्वजनिक सम्पत्ति हालसम्म पनि गायब छ । सार्वजकिन सम्पत्तिको खोजि कार्यमा कसैले पनि चासो देखाएका छैनन् । तर महानरपालिका भन्छ सबै सम्पति खोजि कार्य भैरहेको छ । अब सार्वजनिक सम्पतिमा कसैले निजी बनाउन पाउने छैन । 

महानगरभित्र रहेका र हालसम्म पत्ता लागेका सम्पतिमा वडा ११ मा ४ रोपनी धोबीखोलाको किनारमा पर्छ, १५ वडामा १० देखि १२ रोपनी, वडा १४ मा ८ देखि १० रोपनी र वडा ३१ मा ११,१२ रोपनी सार्वजनिक जग्गा रहेको काठमाडौं महानगरपालिका प्रवक्ता इश्वरमान डंगोलले बताए ।
विभिन्न स्थानमा जनप्रतिनिधि भएर कार्यबहाक समालेको ३ वर्ष भैसकेको छ तर आजसम्म आफ्नो  नगरभित्र कति सरकारी जग्गा र सम्पत्ती छ भनेर स्थानिय सरकारलाई थाहा छैन ।  

उनले भने ‘ हालसम्म देखिन आएको सम्पति ४० देखि ४२ रोपनी रहेको छ । अरू जग्गाको खोजिकार्य भैरहेको छ’ । अब सरकारी सम्पत्तिमा कसैले हक दाबी गर्न नपाउने डंगोलको भनाइ छ । 

यसरी हुदै छ सरकारी जग्गाको संरक्षण 
महानगरपालिका भित्र रहेको सरकारी जग्गाको संरक्षण महानगर आफैले गर्ने भएको छ । महानगरभित्र प्रत्येक वडामा रहेको सरकारी जग्गामा अब पार्क बन्ने भएको छ । 

सरकारी जग्गा भित्र जेष्ठ नागरिका, महिला मैत्री, र भुकम्प पीडित पार्क बनाउन लागेको डंगोलले बताए । प्रत्येक वडामा रहेको सरकारी जग्गामा त्यस वडाको भुकम्पमा परेर मृत्यु भएका मानिसको सम्झनामा स्मृति पार्क बन्ने भएको छ ।

भुकम्पमा परी मृत्यु हुनेको संख्या वडा १५ मा रहेको प्रवक्ता डंगोलले बताए । त्यस ठाउँमा डेढ रोपनी जग्गामा पार्क बनाउन लागिएको छ । उक्त पार्कमा मृत्यु हुनेको नाम उल्लेख गरिने छ । 

त्यसै गरी जेष्ठ नागरिक भेला भएर कुराकानी गरेर बस्नको लागि छुट्टै पार्क र महिलाहरूको लागि छुट्टै पार्क बनाउने महानगरको योजना रहेको छ । 

सार्वजनिक जग्गालाई संरक्षण गर्नको लागि अब तौर तरिका अपनाएर पार्क बनाउन लागिएको हो । अब सार्वजनिक  जग्गा सार्वजनिक नै राख्नु पर्छ भन्ने उद्देश्यले कुनै व्यक्तीको नाममा रहेको छ भने पनि त्यसलाई सार्वजनिक नै गराउने महानगरको लक्ष्य रहेको जनाएको छ । 

भुकम्पमा परी मृत्यु भएका मानिसहरूको सम्झनामा रूख रोप्ने भएको छ । २०७२ सालको भुकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा प्रत्येक मृतकको सम्झनामा एउटा रूख रोप्नु पर्ने छ । त्यो गर्दा समुदायको साथ पनि हुने र वातावरण पनि हरियाली मय हुने र सार्वजनिक जमिनको पनि रक्षा हुने भएकाले यो आर्थिक वर्ष भित्र महानगरले बढि भन्दा भढि पार्क बनाउने दाबी गरेको छ । 

पार्क निमार्णको लागि महानगरले १५ देखि २० लाख बजेट छुट्याएको छ ।  
 

 


 

प्रतिक्रिया दिनुहोस