aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

हेटौंडाको बजेट एक अर्ब ८१ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
हेटौंडाको बजेट एक अर्ब ८१ करोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

उपमहानगर उपप्रमुख मीना लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार, प्रदेश–३ सरकारका विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको हो ।


संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख प्राप्त हुनेछ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट १० करोड बेहोरिने उपप्रमुख लामाले बताइन । बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब÷भत्तालगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार छुट्याइँदा सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।
 

प्रतिक्रिया दिनुहोस