
काठमाडौं। सरकारले महँगा गाडीको आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । गत चैत ११ गते कोरोना संक्रमणका कारण लकडाउन गरेपछि चैत १६ गते सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । आज सोमबार राजपत्रमा सूचना जारी गरेर सो प्रतिवन्ध हटाएकोे हो ।
बेला सरकारले अत्यावश्यक वस्तु आयातलाई सहजीकरण गर्न महँगा गाडी आयतमा रोक लगाएको थियो । कोरोनाका बेला विदेशी मुद्राको अभाव हुन नदिन सरकारले गाडीलगायत मरिच, छोगडा, सुपारी तथा केराउमा बन्देज लगाएको थियो भने ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको गाडी आयात गर्न नपाउने भएको व्यवस्था गरेको थियो । मदिरा आयातमा पनि रोक लगाएको थियो । मदिराको आयात भने दसैअघि खुला गरेको हो ।
सरकारले गरेको यो व्यवस्थासँगै अब जति मूल्यका गाडी पनि आयात गर्न पाउने भएका छन् । नयाँ अर्थमन्त्री विष्णु पौडेल आएसँगै यी क्षेत्रमा लागेको करमा लागेको प्रतिवन्ध हटाउने भनेका थिए । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग गाडी आयातकर्ताहरूले पटक पटक यो व्यवस्था हटाउन भने पनि प्र्रतिवन्ध हटेको थिएन ।
कोरोनाको विश्वव्यापी प्रकोपका कारण नेपाललगायतका धेरै देशले लकडाउन गरेका थिए । नेपाली रोजगारीमा जाने देशहरुले पनि लकडाउन गरेको र रोजगारी कटौती गर्न थालेपछि सरकारले वैदेशिक आय प्रभावित हुने अनुमानमा महँगा गाडी आयात रोक्ने निर्णय गरेको थियो। ।
केराउ, मरिच तथा सुपारी परिमाण तोकियो
त्यसैगरी केराउ, सुपारी, छोकडा तथा मरिच पैठारीमा लगाइएको प्रतिवन्धलाई हटाएर निश्चित परिमाणसम्म आयात गर्न पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षभरि मा ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, ५ हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रक टनसम्म मरिच आयात गर्न पाउने परिमाणात्मक बन्देज लगाएको छ ।
त्यति बेला सरकारले सुन आयात कोटा पनि घटाएको थियो। दैनिक २० किलो आयात हुँदै आएको सुनलाई आयात कोटालाई हघटाएर १० किलोमा झारेको थियो ।
प्रतिक्रिया दिनुहोस