aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

आयातकै भरमा भान्छा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, १० चैत्र २०७७
आयातकै भरमा भान्छा

काठमाडौं । भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भयो।

आयात–निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो। अझै प्याज, लसुन र आलुको बियाँ ९बीउ० आयातको तथ्यांक यसमा समेटिएको छैन। यी कृषिउपजबाट बनाइने विभिन्न प्रकारका खाद्य पदार्थको तथ्यांक पनि यसमा छैन।

सामान्य कृषि उपजसमेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यांकले देखाउँछ। कृषि विज्ञ डा। कृष्णप्रसाद पौडेल यसलाई डरलाग्दो अवस्था मान्छन्। ‘सरकारले प्याज, लसुन र आलुमा पनि मुलुकलाई परनिर्भर बनायो’, पौडेलले भने, ‘भान्छामा उपभोग हुने झन्डै सम्पूर्ण कृषिजन्य पदार्थ आयात हुँदा कृषिप्रधान मुलुक भन्न पनि लाजै लागेर आयो।’

प्रतिक्रिया दिनुहोस