aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

पश्चिमसँग चीनको तिक्तता उत्कर्षमा, विश्व अर्थतन्त्रमै क्षति पुग्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
पश्चिमसँग चीनको तिक्तता उत्कर्षमा, विश्व अर्थतन्त्रमै क्षति पुग्ने सम्भावना

एजेन्सी । अलास्कामा भएको गम्भीर वार्ता पछि पनि चीन र पश्चिमबिचको सम्बन्ध सुधार हुन सकेन । अन्ततः अमेरिकासहित युरोपेली मुलुकहरूले समेत चीनमाथि प्रतिबन्धको घोषण गरेका छन् । उता, चीनले पनि जस्तालाई त्यस्तै गर्ने घोषण गरिसकेको छ । 

चीनले ज्याङजिङ प्रान्तमा रहेका अल्पसङ्ख्यक विगर मुस्लिमहरूमाथि गम्भीर मानव अधिकारको हनन गरेको आरोप लगाउँदै अमेरिका र युरोपले बेइजिङका महत्वपुर्ण अधिकारीहरुमाथी सोमबार यात्रा प्रतिबन्ध घोषणा गरेका छन् । 

त्यसको जवाफमा चीनले पनि अमेरिकी र युरोपियन केही व्यक्ति तथा संस्थाहरूमाथि त्यस्तै प्रकारको प्रतिबन्ध लगाएको छ । चीने लगाएको प्रतिबन्ध पछि अब ती निकाय तथा व्यक्तिहरूले चीन, हङकङ र मकाउमा प्रवेश पाउने छैनन ।  

त्यस अलावा चीनले युरोपेली संघसंग सम्बन्धित मुलुक तथा संस्थाहरूलाई अनावश्यकरुपमा मानवअधिकारको गुरु नबन्नसमेत चेतावनी दिएको छ । चीनले आफूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकारबारे नसिकाउन तथा चीन विरुद्ध लिएको निर्णय फिर्ता गर्न समेत भनेको छ । 

चीनलाई एक्लाउन अमेरिका सधैँ नै लागिपरिरहेको छ । र, यस पटक पनि उसले युरोप तथा क्यानडाको साथ जुटाएको छ । यसैको फलस्वरूप तीन दशक यता पहिलो पटक युरोपसमेत चीन विरुद्धखुल्लारुपमा उत्रिएको हो । यसअघि सन् १९८९ मा चीनको तियानमेन स्क्वायरमा भएको विद्यार्थीहरुमाथीको दमनपछि युरोपले चीन विरुद्ध यस्तै प्रतिवन्धहरु र मानव अधिकार उल्लङघनको आरोप लगाएको थियो । 

विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरूबिच बढेको यस प्रकारको दुरीले आपसी व्यापारमा समेत असर पार्ने भन्दै विश्वव्यापी चिन्ता व्यक्त गर्न थालिएको छ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रलाई नै थिलथिलो र सुस्त बनाइराखेकोबेला धनी मुलुकहरूले नयाँ एकता र समन्वयका साथ अघि बढ्नु पर्नेमा यस्ता घटनाहरूले त्यसको वातावरण बिगार्ने भन्दै आपसी समझदारीमा सम्बन्धलाई सुदृढ पार्न र विश्वलाई संकटबाट बाहिर निकाल्न आव्हान गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस