aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

वीरगन्ज महानगरद्वारा ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
वीरगन्ज महानगरद्वारा ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक

वीरगन्ज  । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४८ करोड रुपैयाँको बजेट प्रस्तुत् गरेको छ ।

प्रस्तुत् बजेटमा चालू खर्चतर्फ एक अर्ब ३८ करोड २४ लाख, पुँजीगत खर्चतर्फ तीन अर्ब तीन करोड ८९ लाख र वित्तीय व्यवस्थातर्फ ६ करोड छुट्याइएको छ ।

आगामी आर्थिक वर्षमा कुल खर्चमध्ये सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रमा दुई अर्ब ९४ करोड २८ लाख खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ ।

यस्तै, आर्थिक विकास क्षेत्रमा दुई करोड ३४ लाख, सामाजिक विकास क्षेत्रमा ७१ करोड ८२ लाख र कार्यालय सन्चालनतर्फ ७६ करोड ३४ लाख खर्च हुने अनुमान गरिएको छ ।

मंगलबार पाँचौं नगरसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले प्रस्तुत् गरेको आगामी आर्थिक वर्षको अनुमानित खर्चको स्रोतमध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट ४४ करोड १४ लाख, राजश्व बाँडफाँटबाट २६ करोड ७४ लाख र सःशर्त अनुदानबाट ६१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस