aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सिद्धिचरण नगरपालिकाकाे बजेट ६१ करोड, ३३ लाख, ९९ हजार रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
सिद्धिचरण नगरपालिकाकाे बजेट ६१ करोड, ३३ लाख, ९९ हजार रुपैयाँ

ओखलढुंगा  । सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ६१ करोड ३३ लाख ९९ हजार रुपौयाको बजेट ल्याएको छ । नगरपालिकाका उप–प्रमुख ईच्छा कुमारी गुरुङले मंगलबार नगरपालिकाको चौथो नगरसभालाई सम्बोधान गर्दै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । प्रस्तुत बजेटमध्ये ७ करोड २२ लाख ८० हजार रुपैयाँ पूर्वाधार विकासमा छुट्याइएको उप–प्रमुख गुरुङले बताइन् ।

उप–प्रमुख गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै केन्द्र सरकारबाट बित्तीय समानीकरणमा १० करोड ६७ लाख, राजश्व बाँडफाडबाट ८ करोड ५२ लाख र प्रदेश सरकारबाट ७१ लाख ८० हजार, सवारी कर बाँडफाडबाट १ करोड १७ लाख १९ हजार रुपैयाँको प्राप्त अनुमानित बजेट रहेको बताइन् ।

त्यस्तै संघीय र प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६÷७७ का लागि समपुरक अनुदान र बिशेष अनुदान बापत एकमुष्ट ५ करोड ५० लाख तथा संघीय सरकारबाट सशर्त अनुदानतर्फ २४ करोड ७९ लाख रुपैयाँको प्राप्त अनुमानित बजेट प्रस्तुत गर्नुभयो । सामाजिक सुरक्षा भत्ता बापत रु ७ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै सिद्धिचरण नगरपालिकाको आन्तरिक श्रोतबाट भने आर्थिक वर्ष २०७६÷७७ का लागि २ करोड ३७ लाखको आयकर अनुमान गरिएको उपप्रमुख गुरुङले बताइन्  ।

नगरसभामा उपप्रमुख गुरुङले आर्थिक बर्ष २०७४/७५ को यथार्थ आय तथा व्याय रकम ५० करोड २७ लाख ६३ हाजर १९ रुपै्रयाँ ८२ पैसा रहेको समेत जानकारी गराइन्। कार्यक्रममा नगरप्रमुख मोहन कुमार श्रेष्ठले भने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले यस किसिमको बजेट सार्वजनिक गरे पनि पारित भने हुन बाँकी छ । नगरसभाको बन्द सत्रमा छलफल गरेपछि मात्रै बजेट पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस